सिभिल मल व्यवस्थापनले कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा छुट दिने भएको छ । लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको हो ।
सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले चैत देखि असारसम्म ४ महिनाको भाडामा ५० प्रतिशत छुट, साउन, भदौ र असोज ३ महिनाको भाडामा पनि ४० प्रतिशत छुट दिने सहमति भएको बताए ।
महलले कार्तिकबाट एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने भएको छ । सरकारले साउन ७ गतेसम्म लक डाउन जारी राखे पनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए ।
सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचो समेत हस्तान्तरण गरेका थिए ।


