२६ कार्तिक, काठमाण्डौँ ।
मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु (केफब्लू) डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ ।
जर्मन सरकार समर्थित परियोजना“ गा्रमीण तथाअर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास–एम.एस.एम.इ वित्त चरण २ नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगम द्धारा सञ्चालनमा रहेको छ ।
उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागप्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अतिप्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा, कर्जा सुविधा २ लाख देखि ४० लाख रुपैयाँसम्म प्रदान गर्ने बैंकले जनाएको छ ।
उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तिय पहँुच प्रदान गरी लघु, साना तथा मझौला उद्मोगको माध्यमबाट दिगो तथा समतामुलकआर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ ।


