Banijya News

सेवा-सुविधा खोसिएपछि वीर अस्पतालमा तनाव

1
1.0K Shares

वीर अस्पतालका करार कर्मचारीहरूले आफूहरूमाथि श्रम शोषण भएको र विगतदेखि पाइरहेको सेवा-सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबारदेखि आकस्मिक रूपमा आन्दोलन सुरु गरेका छन्।

अस्पताल प्रशासनले खाइपाइ आएको सेवा-सुविधा र अग्रपंक्तिमा काम गर्दा पाउनुपर्ने जोखिम भत्ता समेत रोकेपछि आक्रोशित बनेका कर्मचारीहरूले सिधै निर्देशकको कार्यकक्ष घेराउ गर्दै धर्ना दिएका हुन्।

आन्दोलनको नेतृत्व गरिरहेका करार कर्मचारी प्रिन्स पटेलका अनुसार प्रशासनको यो रवैयाविरुद्ध शुक्रबार सांकेतिक धर्ना दिइएको र माग तत्काल पूरा नभए भोलि शनिबारदेखि नै सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पार्ने गरी ‘पेन डाउन’ गर्ने तयारी भइरहेको छ।

1

Scroll to Top