Banijya News

लक्ष्मपूजाको दिन सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

1
1.0K Shares

नेपालीहरुले आज धनधान्यले भरीपूर्ण देवी लक्ष्मीको पूजा आराधना गर्दे आएका छन् । यही दिन सम्पत्तीको मुख्य बस्तु सुनको मुल्य भने घटेको छ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार तोकिएको छ । बुधबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो ।

1

Scroll to Top