Banijya News

गोल्यान समूहको पाँचतारे होटल ’हायात प्लेस’ आयो सञ्चालनमा

1
1.0K Shares

व्यापारिक घराना गोल्यान समूहको पाँचतारे होटल ’हायात प्लेस’ आज (सोमबार) देखि सञ्चालनमा आएको छ । हायात ब्रान्डमा बनिरहेको अन्तर्राष्ट्रिय चेनको पाँचतारे यो होटल आजदेखि संचालनमा आएको हो ।
नेपालमा हायात प्लेस दोस्रो ब्रान्च हो । यसअघि हायात रिजेन्सी सञ्चालनमा छ । हायात रिजेन्सी र हायात प्लेसका लगानीकर्ता फरक हुन् तर यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड एउटै हो ।

काठमाडौंस्थित सोल्टीमोडमा सञ्चालनमा ल्याइएको यो होटेलको व्यवस्थापन हायातले सम्हालेको छ । नेपालमा हायात चेनको यो दोस्रो होटेल हो । नेपालमा यसअघि हायात ब्रान्डकै नाममा तारागाउँ रिजेन्सी सञ्चालनमा छ ।
टेक्स्टायल, कृषि, बैंकलगायत अन्य व्यवसाय गर्दै आएको गोल्यान समूहले होटलमा हात हालेको हो । समूहले सोही क्षेत्रमा भूकम्पअगाडि अपार्टमेन्ट बनाउन लागेको थियो । भूकम्पका कारण बुकिङ नभएपछि समूहले त्यसलाई होटेलमा रूपान्तरण गर्दै तीन वर्षअगाडिदेखि निर्माण गरेको थियो ।

कोभिड–१९ महामारीले सबैभन्दा बढी आघात परेको पर्यटन क्षेत्र पुनःस्थापित हुने विश्वाससहित होटल सञ्चालनमा ल्याएको समुहका सदस्य शक्ति गोल्यानले बताए । हायात प्लेस अमेरिकाको सिकागोमा मुख्यालय बहुराष्ट्रिय हस्पिटालिटी कम्पनी हायात होटल्स एण्ड रिसोर्टस्कै एउटा प्रमुख ब्राण्ड हो । हायात प्लेसको नाममा विश्वभर ३८५ होटलहरू सञ्चालनमा छन् ।

२० वर्षपछि काठमाडौँमा हायातको व्यवस्थापनमा अर्को पाँचतारे होटल सञ्चालनमा आएकको छ । होटलका सञ्चालक पवनकुमार गोल्यानले हायतसँगको सहकार्यले होटलको अकुपेन्सी राम्रो रहनेमा आफू आशावादी भएको बताए ।

१४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन् । यसको अतिरिक्त होटल गार्डेन, जिम हल, स्विमिङ पुल, करिब १०० जना क्षमताको मिटिङ रुम लगायतका सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । होटलको निर्माण लागत झण्डै पाँच अर्ब रुपैयाँ रहेको गोल्यान समुहले जनाएको छ । होटलमा गोल्यान समूहसँगै कमलेश अग्रवाल लगायतको पनि लगानी छ ।

 

1

Scroll to Top