सिभिल बैंकको संचालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे सर्वसम्मत चयन भएका छन् । मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रतापजङ्ग पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंक अध्यक्ष चयन भए पश्चात प्रतापजङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्षपदमा चयन गरी थप जिम्मेवारी प्रदान दिएको सवै संचालकहरुलाई धन्यवाद दिए ।
अध्यक्ष प्रतापजङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्चमनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डरलगायत समग्र पक्षको भावनाअनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवातथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए ।


