काठमाडौं÷ गोर्खाज फाइनान्सले कर्मचारीको कार्यदक्षता विकाशका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.सँग सझौता गरेको छ । उक्त सम्झौतापत्रमा गोर्खाज फाइनान्स लि.कातर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार एन.बी.आईले गोर्खाज फाइनान्स लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।


