नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष टण्डन सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.मा आवद्ध हुनुहुन्छ । त्यसैगरी साधारणसभाले रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रा.लि.) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपे रेमिट प्रा.लि. ) तथा सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. लाई चयन गरको छ ।
यस्तै सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल ( जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक ए टि टि रेमिट प्रा.लि.), चयन हुनुभएको छ । संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा युमा श्रेष्ठ ( हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर प्रा.लि.) रहेका छन् ।


