Banijya News

नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्लामा वित्तीय साक्षरता कार्यक्रम

1
1.1K Shares

जुम्ला जिल्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धी ६ दिने तालिम कार्यक्रम समापन भएको छ ।

कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ योगीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैँ तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौंको कारोबार गरिरहेको उदाहरण दिँदै ठूलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गरे। उनले उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधै साथ रहने बताए।

1

Scroll to Top