नेपाल एसबिआई बैंकको सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनश शेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्ताव गरेको छ । बैकको २८औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव सम्पन्न गरेको हो ।
उक्त साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा श्री अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैकिङको आव २०७७÷७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त सभाले बैंकको आव २०७७÷७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७÷७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।


