Banijya News

सुजुकीको ’अल न्यु सेलेरियो’ बजारमा

1
1.0K Shares

काठमाडौं। गाडीहरुको भिडमा छुटटै पहिचान बनाउन सफल मारुती सुजुकीको ’सेलेरियो’ थप सुविधासहित बजारमा आएको छ। नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नयाँ संस्करण ’अल न्यु सेलेरियो’बजारमा ्ल्याएको हो ।

सन् २००८ मा बजारमा ल्याएको सेलेरियोलाई मारुतीले सुविधा थप्दै प्रयोगकर्ताको रोजाइमा पर्ने बनाइउने क्रम जारी राखेको हो। पुरानो संस्करणको तुलनामा नयाँ गाडी दैनिक प्रयोगका लागि इन्धनमा किफायतीसँगै धेरै माइलेज दिने क्षमताको रहेको कम्पनीले जानकारी दिएको छ ।

यो गाडीमार्फत ग्राहकले नयाँ ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट इन सेगमेन्ट सुरक्षा लगायत सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

यो सेगमेन्टको गाडी नेपाली बजारमा अत्यधिक रुचाइएको बताउँदै कम्पनीका सेल्स एण्ड मार्केटिङ महाप्रबन्धक सिराज पन्तले भने, ’सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक गाडी हो। न्यु जेनेरेसन सेलेरियोमा बिना सम्झौताको सुरक्षा र सुविधाजनक फीचर समावेश गरिएको छ। साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्त्साहित गर्नेछ ।’

यो गाडीमा नयाँ जेनेरेसनको के सिरिज इन्जिन प्रयोग गरिएको छ, जसले २६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । नयाँ सेगमेन्टको यो सेलेरियोले कार्वन उत्सर्जनलाई १९ प्रतिशतसम्म घटाउने पनि जनाइएको छ । यो गाडीले ३५०० आरपीएमको टर्कसहित ५५०० आरपीएमको पावर प्रदान गर्दछ ।

नयाँ सेलेरियोमा आरामदायी अनुभवका लागि ७ इन्चको स्मार्टप्ले स्टुडियो उपलब्ध छ । यो गाडीमा फर्स्ट इन सेगमेन्ट इन्जिन, पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ फीचरहरु छन् । माउटेन्ड अडियो कन्ट्रोलसहित टिल्ट स्टेरिङ, ६०ः४० को रियर सिट लगायतका थप नयाँ सुविधाहरु पनि समावेश गरिएको छ ।

नेपाली बजारका लागि नयाँ सेलेरियोको मूल्य सुविधाअनुसार २८ लाखदेखि ३२ लाख रुपैयाँसम्म पर्ने बिक्रेता कम्पनीले जानकारी दिएको छ ।

1

Scroll to Top