Banijya News

एमजीको जेडएस इलेक्टक नयाँ बजारमा

1
1.1K Shares

एक पटकको चार्जमा ४४० किलोमिटर माइलेज दिने एमजीले नयाँ जेडएस विद्युतीय गाडी बजारमा ल्याएको छ ।नेपालमा एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभी २०२२ बजारमा ल्याएको हो ।
एमजी जेडएस २ वटा भेरियन्टमा उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्ज ५१.५ किलोवाट आवर र लङ्ग रेञ्ज ७६.६ किलोवाट आवर ब्याट्रीमा गाडी उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्जको एकपटक चार्जमा ३१९ किमी छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले जानकारी दिएको छ ।
गाडीको ग्राउन्ड क्लियरेन्स १७५ किमी रहेको छ । एमजी जेडएस २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । गाडीमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्टको डिजिटर ड्राइभर डिस्प्ले रहेको छ ।
त्यस्तै रोटरी डायल गियर नब, ड्राइभिड मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआएल, एलईडी टेल ल्याम्पहरु छन् ।
गाडीमा सुरक्षाकोलागि अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एडभान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम रहेको छ । गाडीमा १३० एचपीको पावर २८० न्यूटन मिटर भएको पर्मानेनट म्याग्नेट सिन्क्रोनस मोटर रहेको कम्पनीले जनाएको छ ।

1

Scroll to Top