Banijya News

अब सहकारी संस्थाको पनि एटिएम कार्ड

1
1.1K Shares

अब सहकारी संस्थाहरुले पनि ‘कोप कार्ड’ ब्राण्डमा एटिएम कार्ड जारी गर्न पाउने भएका छन् ।राष्ट्रिय सहकारी बैंकले ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)सँगको सहकार्यमा ‘कोप कार्ड’ नामक एटिएम सेवा सुरु गरेको छ ।
आइतबार सहकारी उक्त सेवाको लागि सम्झौता भएको हो । सम्झौतामा एसटिसीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायण प्रकाश धुजु, सहकारी बैंकको सीइओ बद्रि कुमार गुरागाई र ग्लोबल आइएमई बैंकको सीइओ रत्न राज बज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । २९ हजार बढी सहकारी संस्थाहरुमध्ये सहकारी बैंकमा १४ हजार सहकारी संस्थाहरु आबद्ध रहेका छन् । ति सहकारी संस्थाहरुले कार्ड जारी गर्न सक्ने जानकारी दिएको छ । यो कार्य नेपाल र भारतका सबै एटिएममा प्रयोग गर्न सकिने जनाईएको छ । बैंकले डिजिटल बैंकिङ रणनीति अनुसार कार्य जारी गरेको जानकारी दिएको छ ।

1

Scroll to Top