नेष्डो समृद्ध लघुवित्तको सेयर कारोबार सोमबारबाट सुरु भएको छ । नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । स्टकका अनुसार कम्पनीको २५ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । कम्पनीले कारोबारका लागि ल्भ्क्म्इ सिम्बोल पाएको छ । कुल २५ लाख ५० हजार कित्ता सेयर आइतबार चुक्ता पुँजीका आधारमा सूचीकरण भएको थियो ।


