लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकको वित्तीय विवरणमा सार्वजनिक भएको अनुसार नाफा २०% ले बढेको देखाएको हो । जुन रकम ५१ करोड ६ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४२ करोड ३७ लाख नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ३३.५५% ले बढेको छ । त्यसको रकम १ अर्ब १३ करोड रुपैयाँ हुदछ । बैंकले गत वर्षको यसैअवधिमा ८४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा २४.८९% ले बढेको छ । जुन रकम ७४ करोड रुपैयाँ हुन आउछ । गत वर्षको यसैअवधिमा सञ्चालन नाफा ५९ करोड ३८ लाख रुपैयाँ थियो ।
चैत मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा ३३ करोड ६२ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर २० रुपैयाँ ७३ पैसा कायम भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २४पैसा रहेको छ ।


