कर्पोरेट डेभलपमेन्ट बैंकले लिलामी सेयर बाँडफाँट गरेको छ । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता शेयर विक्रीका लागि बोलपत्र निष्कासन गरेको थियो । उक्त, लिलामी सेयर बाँडफाँट गरिएको हो ।
न्यूनतम २०२ रुपैयाँ ६ पैसा कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको रकम वैशाख ११ गते देखि आवेदकको बोलत्र फारममा भरेको बैंकको खातामा फिर्ता गर्ने भएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सभिल क्यापिटल मार्केट रहेको छ ।


