सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट भएको छ । आईपीओ बिक्री प्रबन्धक ग्लोलबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । आईपीओ बाँडफाँड गोलाप्रथाबाट गरिएको छ । जसमा कुल ३६ हजार ९४८ जनाले आइपीओे प्राप्त गरेका छन् । यसअनुसार ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर हात पारेका हुन् ।
उक्त कम्पनीको आइपीआमा कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएका थिए । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख २ हजार ३६१ वटा आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ ।
लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको थियो । सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन मिल्ने थियो ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।
लगानीकर्ताले लघुवित्तको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।


