Banijya News

बढ्यो धौलागिरी लघुवित्तको खुद नाफा ४१.६४ प्रतिसत

1
1.0K Shares

धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तिय विवरण निष्काशन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा ४१.६४ प्रतिसत बढेको देखाएको हो । जुन रकम २ करोड ३३ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत वर्ष १ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी पनि २६.१०प्रतिसतले बढेको छ । जन रकम ७ करोड ६९ लाख हुन जादछ । कम्पनीले गत वर्ष ६ करोड १० लाख कमाएको थियो ।

कम्पनीको सञ्चालन नाफा २६.७३ प्रतिसतले घटेको हो । यसको रकम १ करोड ५१ लाख रुपैयाँ हुदछ । गत वर्ष यो २ करोड ७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनी खराब कर्जा भने बढेको छ । गत वर्ष ३.३८प्रतिसत रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर ४.९५% मा आएको छ ।

 

साथै, चैत मसान्तसम्म ६५ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । साथै, रिजर्भ कोषमा १० करोड ६८ लाख रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

1

Scroll to Top