Banijya News

८३.३९ प्रतिसतले घट्यो मल्टीपर्पस फाइनान्सको खुद नाफा

1
1.0K Shares

मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमाको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा ८३.३९ प्रतिसतले घटेको जनाएको हो । यसको रकम ५ लाख ७ हजार रुपैयाँ हुन जादछ । कम्पनीले गत वर्षको सो अवधिमा ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन नाफा ८६.७७ प्रतिसतले घटेको छ । जुन रकम ५ लाख ७७ हजार रुपैयाँ हुन जादछ । कम्पनीले गत वर्षको सो अवधिमा ४३ करोड ६२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । त्यसैगरी, खुद ब्याज आम्दानी ७१.७२प्रतिसतले बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी रकम १ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ पैसा रहेको छ । साथै, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७६ पैसा हो ।

1

Scroll to Top