Banijya News

आरएसडीसी लघुवित्तको यस्तो छ वित्तिय अवस्था ?

1
1.1K Shares

आरएसडीसी लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसमा वित्तिय विवरण सार्वजनिक भएको छ । खुद मुनाफा २६ करोड ५९ लाख ६६ हजार ६ सय ६४ रुपैयाँ आर्जन गरेको लघुवित्तको वित्तिय विवरणले जनाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नाफा १७ करोड ५३ लाख २३ हजार रुपैयाँमा सीमीत रहेको थियो ।

साथै, चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ अर्ब ८९ करोड ९९ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको यहि अवधिमा ११ अर्ब ६५ करोड ८९ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी ४४ करोड ७० लाख ९६ हजार ६ सय ६४ रुपैयाँ गरेको छ । लघुवित्तमा ०.०६प्रतिशत कर्जा निष्क्रिय रहेको हो । त्यसैगरी, लघुवित्तको उक्त अवधिमा खुद ब्याज आम्दानी ३० करोड ८२ लाख ३८ हजार ६ सय ११ रुपैयाँ गरेको थियो । सो अवधिमा लघुवित्तमा ०.०५प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ ।

1

Scroll to Top