Banijya News

हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

1
1.1K Shares

हिमालयन हाइड्रोपावरले आजबाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनील वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १,२,३,४,६र ७ का स्थानिय बासिन्दालाई आइपीओ जारी गरेको हो । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
बिक्री नभएको बाँकी सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । छिटोमा जेठ ८ गतेसम्म र ढीलोमा जेठ २३ गतेसम्म निष्काशन बन्द हुने बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले कास्की जिल्लामा नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि ११.८८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै आएको छ ।कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्म रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ । उक्त अवधिसम्म वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६.३३ रहेको छ । कम्पनीका यो अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ६७.९६ रहेको हो । कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६.३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुछ्रे बैंकको मादी शाखा कस्कीबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

1

Scroll to Top