Banijya News

छिमेक लघुवित्तको कस्तो छ वित्तिय अवस्था ?

1
1.1K Shares

छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तिय विवरण निष्कासन गरेको छ । वित्तिय विवरणमा सार्वजनिक भएको अनुसार खुद नाफा २४.९९ प्रतिसतले गत वर्षको तुलनामा कम भएको छ । यसको रकम ७१ करोड ७१ लाख २ हजार रुपैयाँमा कायम भएको हो । लघुवित्तले अघिल्लो वर्ष ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी १५.११ प्रतिसतले बढ्न पुगेको छ । जुन रकम १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ हुन आउदछ । यो वर्ष ऋण तथा अन्य नोक्सानी व्यवस्थाका लागि २१ करोड रुपैयाँ लघुवित्तले इम्पेयरमेन्ट चार्ज छुट्याएको हो । इम्पेयरमेन्ट चार्ज छुट्टाउदा सञ्चालन नाफा १९.५१प्रतिसतले घटेको छ । यसको रकम १ अर्ब १२ करोड रुपैयाँ हुदछ । गत वर्ष सोहि अवधिमा १४ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज फिर्ता भएको थियो ।

चुक्ता पुँजी र रिजर्भ कोष दुवै दुई अर्ब रुपैयाँ नाघेका छन् । यसकोे प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १४ पैसामा कायम भएको छ । साथै, प्रतिसेयर नेटवर्थ २ सय ४१ रुपैयाँ ६८ पैसा रहेको छ ।

1

Scroll to Top