Banijya News

नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत

1
1.1K Shares

नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सको सेयर सूचीकृत भएको हो ।  समृद्धि फाइनान्स कम्पनीको फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद वापत १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

सेन्ट्रल फाइनान्सको गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनश शेयर वापत ६ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनश शेयर सूचिकृत भएको हो । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनश सेयर वापत २ लाख ३० हजार ४८२ दशलमव ९० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारितउक्त शेयर सूचिकृत गराएको हो ।

यी दुवै कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सूचीकरण गरिएको हो ।

1

Scroll to Top