नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।
एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिस सिएसन पाँचका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सुनायलटी सुरज सिंह ठकुरी र हिमालयन रोडिस सिएसन पाँचको ग्याङ लिडर प्रियंका कार्कीले सोमबार एक समारोहबीच शोरुम संयुक्त रुपमा उदघाटन गरेका छन् ।
यामाहाको विश्वव्यापी नयाँ अवधारणा ब्लु स्वायरलाईलाई अवलम्बन गरी कौशलटारमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । यामाहाको ग्लोबल मोटर स्पेट लेजिसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानका रुपमा ब्लु स्क्वायर शोरुमलाई लिइएको छ । शोरुममा प्रयोग गरिएको ब्लु कलरले यामाहा ब्रान्डको रेसिङ डीएनएलाई झल्काउने र स्वायरले वन स्टप वाइग जक्सन, जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसोसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा वेटर कस्टमर एक्सपरेन्स अनुभव गर्नुका साथै छिटो र पर्सनलाइज वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ ।
यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्रान्ड र उपलब्धतालाई महसुस गर्न पाउनुका साथै डिजिटल टेक्नोलोजीमार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्र्न सक्नेछन् ।
स्थापनाकालदेखि नै ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ब्लु स्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्रान्डप्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनीको ठहर छ । साथै, भविष्यमा यामाहाले यस प्रकारका शोरुम नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ ।
‘हामी कौशलटारमा हाम्रो यामाहा ब्लु स्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित छौँ । यो पनि सबैभन्दा ठूलो र सबैभन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाइकप्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाइकल स्कुटर एसोसरिज र एपरिअल उपलब्ध गराउनेमा हामी विश्वस्त छौँ’, यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले भने ।


