Banijya News

मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने

1
1.1K Shares

मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक २१ गते आह्वान गरेको साधारणसभाको विशेष प्रस्तावमा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । हाल कायम ३० लाख थान अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने, त्यसपछि संचालक समितिले प्रस्ताव गरेको बोनस शेयर वितरण गर्ने, त्यसपछि हकप्रद निष्काशन गर्ने र त्यसपछि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।
कम्पनीले अग्राधिकार शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने उल्लेख गरेको छ । मारुती सिमेन्ट आईपीओ निष्काशन गरेपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ४ पुग्ने भएको छ ।
मारुती सिमेन्ट नेपालमा पहिलो पटक ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । कम्पनीका अध्यक्ष नन्द किशोर राठी हुन् । हाल शिवम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर सिमेन्ट बजारमा सुचिकृत रहेको छ ।

1

Scroll to Top