उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका अनुसार भारतले उपलब्ध गराउने भनेको चिनी कम गुणस्तरीय र उच्च मूल्य राखेर नेपाललाई उपलब्ध गराउने बुझेपछि चिनी खरिदको प्रक्रिया रोकिएको छ ।
प्रवक्ता ठाकुरका अनुसार नेपालले माग गरेको ३२–३३ साइजको चिनी भारतले उपलब्ध नगराई ३०–३१ साइजको चिनी उपलब्ध गराउने जनाएपछि तत्काल ल्याउने प्रक्रिया रोकिएको बताए । ३०–३१ साइजको चिनी कम गुणस्तरको भएकाले उक्त चिनी खानको लागि उपयुक्त नहुने उनको भनाई छ । उने भने नेपालले माग गरेको चिनीको गुणस्तर र मूल्य अनुसार भारत सरकारले चिनी नदिने भएपछि नेपालले खरिद नगरेको हो ।
उनले भने, ‘भारतले नेपाललाई उपलब्ध गराउने धुलो चिनी बजार मूल्यभन्दा बढी राखेर नेपाललाई बिक्री गर्ने जनाएको थियो । नेपाललाई ५४ रुपियाँ भारतीय मूल्यमा उपलब्ध गराएको थियो । जुन बजार मूल्यभन्दा बढी हो । त्यो महँगो गुणस्तरहीन चिनी ल्याएर उपभोक्तालाई खुवाउन हामी सक्दैनौँ ।’
नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेसँगै भारतले नेपाललाई सरकार टु सरकार(जी–टु–जी) प्रक्रियानुसार तिहार अघि नै २५ हजार टन चिनी उपलब्ध गराउने भएको थियो । तर, त्यो चीन अहिलेसम्म नेपाल आइपुगेको छैन
अपुग चिनी बाहिरबाट नै ल्याउनुपर्ने बाध्यता हुँदा चाडपर्वको समयमा चिनीको अभाव हुने गरेको उनको भनाई छ । साथै, नेपालको तर्फबाट भारत सरकारलाई गुणस्तरीय चिनी उपलब्ध गराउनको लागि पत्र पठाइएको र भारत सहमत भए चिनी ल्याउन १५–२० दिन लाग्ने उनले बताए ।
अब नेपालमा ठुला चाडपर्व पनि सकिएको र उखु काट्ने सिजन पनि सुरु भएकाले चिनीको खासै अभाव झेल्नु नपर्ने उनले बताए । नेपालमा अहिले एक लाख ५० हजार टन चिनी उत्पादन हुने गरेको छ भने माग तीन लाख टन हुने गरेको छ ।


