Banijya News

जापानले देखायो कृषि क्षेत्रमा नेपाली कामदार लैजाने इच्छा

1
1.1K Shares

०५ मंसिर , २०७६ काठमाण्डौ । जापानले नेपालबाट कृषि कामदार लैजाने कुरामा चासो देखाएको छ । विभिन्न मुलुकबाट काप्रवासी कामदार आफ्नो देशमा लगिरहेको मुलुक जापानले कृषि क्षेत्रमा नेपाली कामदार लैजाने इच्छा देखाएको हो ।
पहिलो चरणमा नर्सिङ क्षेत्रका लागि नेपाली कामदार लैजान सम्झौता गरेको जापानले दोस्रो चरणमा त्यहाँको कृषि मत्स्य वन तथा खाद्य उत्पादनका क्षेत्रमा पनि नेपाली कामदार लैजाने चाहना व्यक्त गरेको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको छ ।

यसैबीच पछिल्लो समय वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य बन्दै गएको जापानले जापानमा कृषि क्षेत्रको लागि नेपालबाट दक्ष कामदार लैजान भाषा र सीप परीक्षा सञ्चालन गर्ने भएको छ ।

1

Scroll to Top