Banijya News

नक्कली नागरिकता बनाएर ३४ करोड अनियमितता

1
1.1K Shares

१० मङ्सिर २०७६, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नागरिकता बनाई खाता खोलेर बैंकको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बैंकको स्वयम्भू शाखामा १० महिना रहँदा उनले त्यति रकम अनियमितता गरेको अख्तियारको आरोप छ । अनियमिततामा सघाएको आरोपमा अख्तियारले अन्य ७ जनामाथि पनि मुद्दा चलाएको छ । सबैमाथि दाबी गरिएको कुल बिगो रकम २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ हुन्छ ।

गौतमले अरू कर्मचारीको समेत काम आफैं गरिदिन्थे । सबैको काम गरिदिने भएकाले अरू सहकर्मी (बैंकका अरू टेलर) ले समेत उनलाई आफ्नो युजर नेम र पासवर्ड दिन्थे । सुरुमा अरूको काम गरिदिएका उनले पछि भने त्यसकै दुरुपयोग गरेर अरूका नामको र बैंकमा रहेको रकम आफूले खोलेको खातामा ट्रान्सफर गरेको पाइएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

1

Scroll to Top