Banijya News

सार्स भन्दा खतरनाक कोरोनाः चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जुराइदियो कोरोनाको नयाँ नाम

1
1.1K Shares

२६ माघ, काठमाडौं ।
चीनबाट फैलिएको कोरोना भाइरसले सन् २००३ मा देखिएको सार्स भाइरसलाई पनि उछिनेको छ । सन् २००३ को सार्स महामारीले ७ सय ७४ जनाको ज्यान लिएको थियो। नोबल कोरोना भाइरसले सार्सले भन्दा बढी ज्यान लिएको छ।
यसपटकको कोरोना भाइरसले आइतबार सम्म ८ सय १३ जनाको ज्यान लिइसकेको छ । कोरोना भाइरसको संक्रमण ३५ हजार जनामा देखिएको छ । शनिबार मात्र चीनमा ८९ जनाको मृत्यु भएको थियो।
चीनको राष्ट्रिय स्वास्थ्य अयोगले नोबल कोरोना भाइरसको नाम दिएको अमेरिकी सन्चारमाध्यम सीएनएनले जनाएको छ। नोबल कोरोना भाइरसको नाम ‘नोबल कोरोनाभाइरस निमोनिया’ एनसीपी राख्ने बताएको जनाइएको छ। यद्यपी औपचारीक घोषणा भने हुन बाँकी छ ।
विश्व स्वास्थ्य संगठन डब्लु एच ओले यस अघि नै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।

1

Scroll to Top