Banijya News

कञ्चन डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

1
1.1K Shares

२७ माघ, २०७६, काठमाण्डौ ।

कञ्चन डेभपमेन्ट बैंकको शेयर कारोबार माघ २७ गते सोमबारदेखि रोक्का भएको छ । आइतबार एनएमबि बैंकसँग प्राप्तीमा जाने सम्झौता गरेसँगै बैंकको शेयर कारोबार रोक्का भएको हो।
सम्पत्ति तथा दायित्व मूल्यांकन पश्चात स्वाप रेसियो तय गरिने प्रारम्भिक सम्झौता भएको छ। कञ्चनले ८५ प्रतिशत स्वाप माग गरेको छ ।
कञ्चन डेभलपमेन्ट बैंकको गत आर्थिक बर्षमा प्रस्तावित दश प्रतिशत बोनसपश्चात चुक्तापूँजी ५८ करोड ४४ लाख रुपैयाँ कायम हुनेछ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

1

Scroll to Top