Banijya News

महालक्ष्मी विकास बैंकद्वारा २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग

1
1.1K Shares

२७ माघ, २०७६, काठमाण्डौ ।
विश्व क्यान्सर दिवसका अवसरमा गत शनिबार श्री आदर्श मावि विराटनगरमा आयोजित एक समारोहबीच महालक्ष्मी विकास बैंक लिमिटेड विराटनगर शाखाले सुगन्ध थालासिमिया प्रोजेक्टलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त प्रोजेक्ट ‘थालासिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित भएको हो ।
सो कार्यक्रममा बैंकका विराटनगर शाखा प्रबन्धक भरत खतिवडाले उक्त रकम बराबरको चेक प्रोजेक्टलाई हस्तान्तरण गरेका हुन् ।।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

1

Scroll to Top