Banijya News

चीनबाट ल्याइने नेपाली विद्यार्थीको निगरानीको लागि ६० जना स्वास्थ्यकर्मी खटाउने

1
1.1K Shares

२७ माघ, २०७६, काठमाण्डौ ।
चीनबाट ल्याइने नेपाली विद्यार्थीको निगरानीको लागि सरकारले ६० जना स्वास्थ्यकर्मी खटाउने भएको छ । निगरानीका लागि ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको हो ।
चीनको हुवाई प्रान्तको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिन थालेपछि नेपालले आफ्ना नागरिकलाइ राख्नको लागि क्वाईरेन्टाईनका लागि ४ ठाउ छनोट गरेको छ ।
मन्त्रालयले क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई आज (सोमबार) अभिमुखीकरण तालिमसमेत दिँदै छ। ६० जना स्वास्थ्यकर्मीमा मेडिकल अफिसर, स्टाफ नर्स, स्वास्थ्य सहायक लगायत रहने समेत बताइएको छ ।
तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्था आइलागेमा के गर्ने भनेर सिकाइने छ।

1

Scroll to Top