०१ फागुन, २०७६, काठमाण्डौ ।
आर्थिक विकासको मूल आधार उद्योग, पर्यटन, कृषि र व्यापार’ भन्ने मूल नाराका साथ फागुन २ देखि विराटनगरमा विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्र्रािष्ट्रय प्रदर्शनी हुने भएको छ ।
स्थानीय उत्पादन प्रवद्र्धन तथा कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले भोली देखि फागुन १० गते सम्म सञ्चालन हुने उक्त एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको आयोजक उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
विराटनगर २ स्थित शंकरपुरको खेल मैदानमा सञ्चालन हुने उक्त एक्स्पोमा ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । एक्स्पोमा औद्योगिक उत्पादन तथा वस्तु, कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, अटोमोबाइल्स तथा पार्ट्स, विद्युतीय, घरायसी सामग्री, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवं बैंक तथा वित्तीय क्षेत्रका ३ सय ४० वटा स्टल रहनेछन् ।
राष्ट्रिय उद्योग÷व्यवसाय तथा बहुराष्ट्रिय कम्पनी, कृषि तथा पर्यटन व्यवसायी, शिक्षा, स्वास्थ्य, बैंकिङ, होटल व्यवसायी, घरेलु तथा साना उद्योगका साथै अन्तर्रा्ष्ट्रियमा भारत, बंगलादेश, पाकिस्तानका उत्पादन सामग्री रहने उक्त एक्स्पोमा एक अर्बको कारोबार हुने आयोजकको अनुमान छ ।


