Banijya News

ढोरपाटन महिला डबल लिग उपाधि एपीएफ क्लबलाई

1
1.1K Shares

०१ फागुन, २०७६, काठमाण्डौ ।
ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ बुधबार डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा एपीएफ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो .
सुरुवातमा पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा सुरुवातमै फराकिलो अग्रता लिएर पुलिसले पुनरागमन प्रयास गरे पनि एपीएफ २५–२१ले नै विजयी हुन सफल भयो । तेस्रो सेटमा २५–१० को जित निकाल्दै एपीएफ च्याम्पियन बन्न सफल भयो ।
उपाधिसँगै एपीएफले ४ लाख ५ हजार रुपैयाँ हात पा¥यो । दोस्रो भएको रुपैयाँ तथा चौथौ भएको डायमन्डले ७५ हजार रुपैयाँ हात पार्यो ।

1

Scroll to Top