Banijya News

नेपाल विश्वका सुन्दर २० देशको सूचीमा, यी हुन् अन्य सुन्दर मुलुक

1
1.1K Shares

०४ फागुन, काठमाण्डौ ।
बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको स्विजरल्यान्डको पर्यटन प्रकाशन रगगाइड्सको भोटिङले नेपाल विश्वका सुन्दर २० देशको सूचीमा बीसौं नम्बरमा परेको देखाएको छ ।
नेपाललाई भोट गर्ने एक सहभागीलाई उद्यृत गर्दै रगगाइड्समा जेनी क्याहिल जोन्सले उल्लेख गरेकी छिन्, ‘नेपाल प्रकृतिले दिएको वरदान हो’ ।
यही बुधबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वका सुन्दर २० देशको सूचीमा नेपाल सहित भारत, इन्डोनेसिया, जापान र अस्ट्रेलियालगायत समेटिएका छन्।

यी हुन् विश्वका सुन्दर अन्य २० देश

१. इटाली
२. न्युजिल्यान्ड
३. बेलायत
४. ग्रिस
५. क्यानडा
६. नर्वे
७. संयुक्त राज्य अमेरिका
८. आइसल्यान्ड
९. फ्रान्स
१०. जापान
११. भारत
१२. अस्ट्रेलिया
१३. स्विजरल्यान्ड
१४. ब्राजिल
१५. दक्षिण अफ्रिका
१६. इन्डोनेसिया
१७. अर्जे्न्टिना
१८. चिली
१९. स्पेन
२०. नेपाल

1

Scroll to Top