Banijya News

चलचित्र ‘ प्रेमगीत ३’ द्वारा प्रदर्शन अगावै ८१ लाख आम्दानी

1
1.1K Shares

०७ फागुन, काठमाण्डौ ।
आगामी चैत २८ बाट प्रदर्शनमा आउँदै गरेको चलचित्र ‘प्रेमगीत ३’ को विदेश राइट्स धमाधम विक्री भईरहेको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भुमिका रहेका उक्त चलचित्रले नेपालमा प्रदर्शनभन्दा अगाडि नै विदेश राइट्सबाट ८१ लाख भन्दा बढी कमाई गरेको छ ।
चलचित्रको राइट्स अमेरिका, क्यानडा, मेक्सीको लगायतका देशका लागि ४५ हजार अमेरिकी डलरमा बिक्री भएको थियो । हालै नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ५१ लाखभन्दा बढी मूल्यमा विक्री भएको उक्त चलचित्रको राइट्स फेरी यूके र यूरोपका आठ देशका लागि २३ हजार ५ सय यूरो मा बिक्री भएको छ ।
फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङ प्रमुख भूमिकामा छन् । यी दुईसँगै फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ ।

1

Scroll to Top