Banijya News

नेपाली कामदार जापान पठाउने विषयमा जापानसरकार र नेपाल सरकारबिच बैठक बस्ने

1
1.1K Shares

०८ फागुन, काठमाण्डौ ।
नेपाली कामदार रोजगारीका लागी जापान पठाउने विषयमा नेपाल सरकार र जापान सरकारबीच पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्ने भएको छ । हालसम्म भिडियोमार्फत नेपाली पक्ष र जापानी पक्षबीच कुराकानी हुँदै आएकोमा त्यसरी गरिएको वार्तामा कुनै ठोस निर्णय नआएकाले बैठक बस्न लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएअनुसार बैठक आगामी मार्चमा बस्नेछ ।
यसअघि नेपाली कामदार जापान लैजाने विषयमा दुई देशबिच भिडियोवार्ता नभएको पनि हैन तर उक्त वार्ता प्रभववकारी हुन नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अब बस्ने प्रत्यक्ष बैठकबाट भने ठोस निर्णय आउने विश्वास लिएको छ ।
मार्चमा बस्ने बैठकमा नेपाली पक्षले कृषिका साथै अन्य रोजगारीका क्षेत्र खुल्ला गर्न, कामदार लैजाने प्रक्रिया, लक्की ड्र प्रणाली, सीप प्रदान गर्ने नर्सिङ केयर गिभरका साथै कृषि, होटेल सुरक्षा, अटोमोबाइल लगायतका विषयहरुमा लबिङ गर्ने छ ।
जापानले नेपाल सहित अन्य विभिन्न मुलुकबाट कृषि, नर्सिङ केयर, होटेल, सुरक्षा, अटोमोबाइल, खाद्य सेवा उद्योग, निर्माण उद्योग लगाएतका १४ क्षेत्रमा कामदार लैजान इच्छुक रहेको जनाएको छ ।
हाललाई नेपालबाट भने नेपालबाट नर्सिङ केयर गिभरका युवाहरु मात्र लैजाने जापानी पक्षको तयारी छ ।
सन् २०१९ मा नर्सिङ केअरगिभरका लागि १,००० आवेदकले परीक्षा दिन पाएका थिए।
गत वर्ष नर्सिङ केअरगिभरको काममा जान झन्डै १३,००० जनाले आवेदन दिएका थिए।


नेपाल र जापान सरकारबीच भएको समझदारीअनुरूप गत वर्षदेखि सुरु भएको नेपाली कामदार लैजाने प्रक्रियाको विषय समेत अब बस्न लागेको बैठकको एजेण्डा बन्न सक्ने मन्त्रालयले जनएको छ ।
जापानले एकदुई महिनाको फरकमा नेपाली कामदार लैजान परीक्षा लिने जानकारी गराएको छ। त्यसरी परीक्षा लिने हो भने वर्षमा झन्डै ८,००० नेपालीले परीक्षामा भाग लिन पाउनेछन् ।

1

Scroll to Top