फागुन १४, काठमाण्डौ – शेयर बजारमा चारवटा कम्पनीले दुई अर्ब ४२ करोड रुपैयाँ बराबरको प्राथमिक शेयरको बिक्री खोल्ने भएका छन् । बजार निरन्तर उकालो लागेको समय एक विमा कम्पनी र तीन हाइड्रोपावर कम्पनीले आइपिओ जारी गर्न तयारी गरेका हुन् । धितोपत्र बोर्डले बुक बिल्डिङ प्रणाली लागू गरे पनि यी चार वटा कम्पनीहरुको शेयरमा प्रतिकित्ता एकसय रुपैयाँकै दरमा आवेदन माग गर्ने भएका छन् । यसरी आवेदन माग गर्नेमा नेपाल पूर्नवीमा कम्पनी, एनआरएन इन्फ्राइन्टक्चर, ईदिमर्र्दी हाइड्रोपावर र लिवर्टी हाइड्रो रहेका छन् ।
नेपाल पुनर्बिमा कम्पनीले यस्तो अबसर पनि दिएको छ कि चार लाख जनाले आबेदन दिएको खण्डमा प्रत्येकको हातमा ४० कित्तासम्म शेयर पर्नसक्ने संभावना छ ।
धितोपत्र बोर्डबाट अनुमति पाईसकेका यी कम्पनीहरुले एकसाथ शेयर बिक्री खोलेमा बजारमा लगानीकर्ताको चाप बढने छ ।


