Banijya News

घरजग्गामा बैंकहरुको लगानी बढ्यो

1
1.1K Shares

१४ फागुन, काठमाण्डौ ।
घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा बढेको छ। लगानी योग्य रकमको पर्याप्तता (अधिक तरलता) भएपछि बैंकहरुले घरजग्गामा ऋण बढाएका हुन् । कित्ताकाट रोकिएर जग्गाको किनबेच घटेका बेला पनि बैंकहरुको कर्जा भने बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तिय संस्थाले घरजग्गाको क्षेत्रमा १ खर्ब ६१ अर्ब १२ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् जबकी, गत आर्थिक वर्षको सोही अवधिमा घरजग्गााको क्षेत्रमा १ खर्ब १७ अर्ब ५६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बंैकिङ अभ्यासको सुरुआती चरणमा अन्नबाली लगायत भण्डारमा रहेका सामानको धितोमा ऋण प्रवाह गर्ने प्रचलन भए पनी पछी घरजग्गा प्रतिको बैंक तथा वित्तिय संस्थाको आकर्षण बढ्दै गएको छ ।
चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा वाणिज्य बैंकहरुले २७ खर्ब ३५ अर्ब २९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन । जसमध्ये घर जग्गाको क्षेत्रमा १ खर्ब ३३ अर्ब ९९ करोड ६० लाख रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।
पछिल्लो समयमा घरजग्गाको कारोबारमा केही सुधार आएकोले सो क्षेत्रबाट कर्जाको माग बढिरहेको हो ।
२०६६ सालमा नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा बैंकहरुले अत्यधिक लगानी गरेपछि यो क्षेत्रको लगानी कूल लगानीको २५ प्रतिशतमा झार्न निर्देशन दिएसँगै बैंकहरुले लगानी ठप्प पारेकाले घरजग्गा क्षेत्रमा मन्दी सुरु भएको थियो । जुन, हालसम्म पनि विद्यमान छ ।

1

Scroll to Top