फागुन २१, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका विहान नै बजे देखि हुने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो । यस्को लागि आवश्यक औषधि दिन हिजै सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । प्रत्यारोपण विहान ९ बजेबाट शुरु भई पाँच घण्टामा सकिने छ ।
अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले सामान्यतया मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई ५ देखि ६ दिनमा घर फर्काउन मिल्ने छ । ओलीलाई उक्त दिनसम्म अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा राखिने छ ।
अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन बनाइएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन् । ६ जना सर्जन, २ दुई एनेसथेसिस्ट, ८ जना नर्स तथा पारामेडिक्स उपचारमा खटिने छन् । साथै भारतको एपोलो अस्पताल बाट आएका दुई डाक्टर पनिसँगै रहने छन् ।
प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्ने छिन् । उनीलाई समेत ओलीको नजिकैको क्याविनमा राखेर उपचार गरिने छ ।


