Banijya News

हिजो राजिनामा दिएका खतिवडा फेरी अर्थमन्त्रीमा नियुक्त

1
1.1K Shares

फागुन २१, काठमाडौं ।
हिजो मात्र अर्थमन्त्रीबाट राजिनामा दिएका अर्थमन्त्री डा..युवराज खतिवडा आज फेरी अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेकी थिइन् ।
राष्ट्रियसभामा कथंकदाचित खतिवडाले निरन्तरता नपाएमा उनी ६ महिनासम्म अर्थमन्त्री हुन पाउनेछन् ।
खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

1

Scroll to Top