Banijya News

कोरोना कहरः सार्क राष्ट्रहरु आज भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै

1
1.1K Shares

०२ चैत, काठमाडौं ।
विश्वमै जरा गाडेर बसेको कोरोना भाइरसका विरुद्द एकसाथ लड्न दक्षिण एसियाली मुलुक ९सार्क० ले साझा प्रतिबद्धता जनाउने भएका छन् त्यो पनि भिडियो कन्फरेन्समार्फत ।
यसअघि कोरोनाविरुद्ध संगठित बनेर उत्रनु पर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सन्जाल ट्विटर मार्फत् प्रस्ताव गरेका थिए । सोही प्रस्तावप्रति नेपाल, भूटान, पाकिस्तान लगायतका देशले सकारात्मक प्रतिक्रिया जनाएपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा आबद्ध मुलुकका प्रधानमन्त्रीहरुबीच आज आइतबार साँझ ५ बजे भिडियो कन्फरेन्समार्फत सम्बोधन हुने भएको हो ।
भिडियो कन्फरेन्समार्फत नेपालका प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी दिएका छन् ।

सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो । कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ ।


यो भिडियो कन्फरेन्स मार्फत् कोरोना भाइरसका विरुद्द एकसाथ लड्न मदत पुग्ने अपेक्षा सदस्य राष्ट्रहरुले गरेका छन् ।

1

Scroll to Top