Banijya News

कोरोना भाइरसबाट बच्न गरियो ‘गोमुत्र पार्टी’, गाईको गहुँत मोदी तथा ट्रम्पलाई पनि पठाइने

1
1.2K Shares

३ चैत, काठमाडौं ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका दर्जनौं देशमा फैलिइसकेको छ । हालसम्म कोरोना भाइरसबाट मर्नेको संख्या छ हजार कटेको छ । चीनमा तीन हजारको मृत्यु भइसक्दा त्योभन्दा बढी बाँकी विश्वमा मृत्यु भएको छ ।
युरोप कोरोना भाइरसको महामारीको केन्द्र बिन्दु बनेको छ । विश्व स्वास्थ्य संगठनले युरापलाई माहामारीको केन्द्र बिन्दु घोषणा गरेको हो । युरोपमा भाइरसका संक्रमित अत्याधिक बढेपछि संकट बढेको छ ।

नेपाल, भारतलगायतका देशहरुमा पनि यसको संक्रमणलाई लिएर चिन्ता प्रकट हुन थालेका छन् । भारतमा कोरनोका ९ वटा मामिला पुष्टि भइसकेको छ । जसका कारण भारतमा सतर्कताको स्तर बढाइएको छ ।

यसै क्रममा अखिल भारतीय हिन्दू महासभाका सदस्यहरूले कोरोना भाइरस रोक्नका लागि नयाँ तरिका अपनाएका छन् । हालै हिन्दू महासभाका सदस्यले कोभिड-१९ रोक्नका लागि ‘गोमुत्र’ (गाईको गहुँत) पार्टी आयोजना गरेका थिए ।

उक्त पार्टीबारे बलिउडका निर्देशक अनुराग कश्यपले रियाक्ट गरेका छन् । कश्यपले आफ्नो ट्विटर ह्वान्डलमा एक भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा हिन्दू महासभाका सदस्यहरूले प्राणघातक कोरोना भाइरसबाट बच्न गाईको गहुँत उपयोगी हुने बताएका छन् ।

कश्यपले शेयर गरेको भिडियोमा हिन्दू महासभाका सदस्यले भनिरहेका छन्- ‘हामी सरकारसँग विमानस्थलमा शराबमाथि प्रतिबन्ध लगाउन र शराबको ठाउँमा गाईको गहुँत र गोबर राख्न माग गर्छौं ।

ट्रम्पलाई पनि गाईको गहुँत पठाउँदैछौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि पठाइने छ । प्रधानमन्त्रीलाई पठाइने छ । प्रधानमन्त्री (मोदी) ले गहुँत पिउने पनि गर्छन् ।’

महामारीको रुपमा रहेको कोरोनाबाट बच्नका लागि हिन्दू महासभाले चीया पर्टीको सट्टा गोमुत्र पार्टी आयोजना गरेको हो ।

गाईको गहुँत तथा गोबरमा झण्डै १४८ खाले रोगसँग लड्न सक्ने क्षमता भएको तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

सुरुमा चीनको वुहानमा देखिएको कोरोना भाइरस भारतमा पनि फैलिएको छ । हालसम्म भारतमा ९३ नयाँ भाइरसबाट संक्रमित भएका छन् भने २ जनाको ज्यान गइसकेको छ ।

1

Scroll to Top