चैत ०८, काठमाडौं ।
‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको नेपाली सेनाले जनाएको छ ।
‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जाल मेसेन्जरमा आज व्यापक हल्ला फैलाइएको छ । यो निराधार हल्लामात्र भएकोले यसमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ ।
यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले सबैसँग आग्रह गरेको छ ।
यसअघि यस्तै सामाजिक सन्जालमा हल्ला फैलाएकोमा विवेक थापा मगरलाई पक्राउ गरिसकिएको छ । सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख थियो ।


