Banijya News

लकडाउन एकसाता थप्‍ने उच्चस्तरीय समितिको तयारी,मन्त्रिपरिषद् बैठक आज बस्दै

1
1.1K Shares

२४ चैत  काठमाडौं । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन एकसाता लम्ब्याउने भएको छ । मन्त्रिपरिषद् बैठक  आज (सोमबार) दिउँसो २ बजे   बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी लकडाउन अवधि अझै एक साता लम्ब्याउने र अन्य नियमित विषयमा निर्णय हुने स्रोतले जानकारी दिएको छ ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।


1

Scroll to Top