नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। उदयपुरका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ।
यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेको छ। देशभरका संक्रमित ४५ मध्ये ७ जनाको उपचारपछि निको भइसकेको छ।


