१० वैशाख , काठमाडौं ।
अमेरिका । अमेरिकाको न्युयोर्कमा दुई घरपालुवा बिरालोमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार यी दुवै बिरालो दुई भिन्न परिवारको हुन् ।
अधिकारीहरुका अनुसार पहिलो संक्रमित बिरालो त्यस्तो परिवारमा भेटिएको छ, जुन परिवारमा कोही पनि व्यक्ति कोरोना संक्रमित छैनन् । दोस्रो बिरालोका मालिकको कोरोनाभाइरस पोजेटिभ आएको छ ।
यो तथ्यसँगै सीडीसी र अमेरिकी कृषि विभागले पाल्तु जनावार घर बाहिर नछोड्न आग्रह गरेको बीबीसीले जनाएको छ ।
यसअघि अमेरिकाकै एक चिडियाघरमा पहिलो पटक बाघ र सिंहमा पनि कोभिड १९ देखिएको थियो ।


