काठमाडौँबाट उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिबासमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
लकडाउनको कारण काठमाडौँमा फसेका उदयपुरका ३५ जनालाई बोकेर हिँडेको बा ३ ख ४०३६ नम्बरको बस शनिबार बिहान दुर्घटनामा परेको हो ।
दोलखाको तामाकोसी २ का २४ वर्षीय बसका सह–चालक बाबुराम विकको घटना स्थलमै मृत्यु भएको र २२ वर्षीय प्रदीप विक गम्भीर घाइते रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।


