Banijya News

वीरगञ्जका चारजना कारोना संक्रमण मुक्त भएपछि घर फिर्ताको तयारी हुँदै

1
1.0K Shares

वैशाख १४, काठमाडौं ।
वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइने भएका छ ।
छपकैयाको जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइने तयारी गरेको हो ।
पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको हो । चारै जनाको चौथो रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई आज डिश्चार्ज गरिने तयारी गरिएको अस्पतालले जनाएको छ ।

1

Scroll to Top