वैशाख १४, काठमाडौं ।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-१० अशोकबाटिका टोलकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो। उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
र्उनको र्यापिड डायग्नस्टिक (आरडिटी) किटबाट रगत परीक्षण गर्दा लगातार तीनपटक पोजिटिभ देखिएको थियो । उनको कोरोनाकै कारण मृत्यु भएको हो या अन्य कुनै कारण सो बारे पिसिआर जाँच बाटमात्र पत्ता लाग्ने बताइएको छ । उनकाे थ्राेट स्वाब पिसिआर परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाइएको छ। त्यसकाे रिपाेर्ट आउन बाँकी छ।
उनमा स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको स्रोतले जानकारी दिएको छ । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।
उनको इङ्गेजमेन्ट भइसके पनि बिहे हुन बाँकी थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरिसकेको छ ।


